चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएपछी चितवन प्रशासनले जेठ १३ गते सम्मको लागि निषेधाज्ञा थपिएको छ ।

निषेधाज्ञा थपिए लगत्तै चितवनमा बैंकहरु हप्ताको ३ दिन मात्रै सन्चालन गर्न पाइने भएको छ । आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय चितवनले एक सुचना जारी बैंकहरु हप्ताको ३ दिन आईतबार, मंगलबार र बिहीवार मात्रै सन्चालन गर्न पाउने जनाएको हो ।

अत्यावश्य सेवा प्रयोजनको लागि न्युनतम कर्मचारी खटाई हप्ताको ३ दिन बिहान १० बजेदेखी दिउसोको १ बजेसम्म ३ घण्टा मात्र सन्चालन गर्नुपर्ने जनाएको हो ।

त्यस्तै अन्य बित्तिय संस्था, इन्सुरेन्स कम्पनी, मनी ट्रान्सफर तथा सहकारीहरु सन्चालन गर्न नपाईने भएको छ । सबै बैंक तथा बित्तिय संस्थाका एटिएम बुथहरु भने चौबिसै घण्टा सन्चालन हुने व्यबस्था गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार