
चितवन मेडिकल कलेजमा ११ जनाको मृत्यु भएको छ। पछिल्लो चौबिस घण्टामा ११ जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कलेजका अनुसार ५ जना पुरुष र ६ जना महिलाले ज्यान गुमाएका हुन् । आजसम्म अस्पतालमा ११२ जनाको मृत्यु भएको छ ।त्यस्तै २४ घण्टामा १५ जना बिरामी डिस्चार्ज भएका छन्।