दिलिप डल्लाकोटी/चितवन- दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिएपछि चितवनमा अक्सिजनको माग ह्वात्तै बढेको छ। आफ्नै प्लान्ट चलाएका अस्पतालहरुले पनि उत्पादन ले नधानेर निजी क्षेत्रबाट अक्सिजन ल्याएर संक्रमितको उपचार गराउनुपरेको छ।

यही गतिमा संक्रमितको संख्या बढ्दै जाने हो भने चितवन मा पनि अबको केही दिनमै अक्सिजन अभाव हुन सक्ने संभावना रहेको स्वास्थ्यकर्मीहरु बताउछन। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै प्लान्ट चलाएका छन् । जिल्लामा अक्सिजनको माग बढेपछि आफ्नै प्लान्ट चलाएका अस्पतालले समेत निजी क्षेत्रकै भर पर्नुपरेको छ। जस अनुसार बाहिरी जिल्लाबाट अक्सिन आउन छाडेपछि यहाँका अस्पतालमा माग अनुसार अक्सिजन नपुगेको भरतपुर अस्पताल का मेसु जगन्नाथ तिवारी बताउनुहुन्छ   ।

अक्सिजन को हक मा भरतपुर अस्पतालले दैनिक ७५ सिलिण्डर उत्पादन गर्दछ भने २०० खपत गर्दछ । चितवन मेडिकल कलेजको ४०० सिलिण्डर खपत रहेको छ भने उत्पादन ७५ सिलिण्डर मात्रै छ । कलेज अफ मेडिकल साइन्सेसलाई आवश्यक पर्ने ३५० सिलिण्डर आफै उत्पादन गर्दछ । बीस सिलिण्डर अक्सिन उत्पादन गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको खपत दैनिक एक सय सिलिण्डर रहेको छ ।

स्वास्थ्य कार्यालय चितवन का अनुसार , दैनिक एक हजार २०० सिलिण्डर जिल्लाका अस्पतालमा आवश्यक पर्दछ । यहाँको चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको जिल्ला स्वास्थ्य कार्यालय का प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।

अरु निजी अस्पतालले दैनिक १०० सिलिण्डर र अन्य प्रयोगमा ५० सिलिण्डर खपत हुँदै आएको छ । व्यावसायिक रुपमा निजी क्षेत्रबाट चलेको अक्सिजनको प्लान्ट एउटा मात्रै छ । जहा दैनिक ३६० सिलिण्डर मात्रै अक्सिजन उत्पादन हुन्छ । चितवन का प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यस अघि काठमाडौं र रुपन्देहीमा प्लान्ट भएको शंकर ग्याँस उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्सबाट अक्सिजन आउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ती उद्योगबाट अहिले आउन रोकिएपछि जिल्लामा समस्या आएको हो।

भरतपुर अस्पताल ले कोभिडको श्यया विस्तार गर्ने योजना बनाएको भए पनि अक्सिजनको अभावका कारण समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताउनुभयो । सिलिण्डर खोजेर अहिलेसम्म धानिरहेको भएपनि अब भने बिरामी बचाउनै मुस्किल हुने अवस्था आएको वहाले बताउनुभयो ।

यहि अवस्था रहिरहे चितवन मा पनि अक्सिजनको चरम अभाव नहोला भन्न सकिदैन। त्यसैले बेलै मा सरोकारवाला निकाय ले सोच्ने बेला भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार