पछिल्लो २४ घण्टामा चितवनमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको विभिन्न अस्पतालमा गरिएको एन्टिजिन र स्वाव परीक्षणबाट १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसीआर परीक्षणबाट १५१ र एन्टिजिन परीक्षणबाट १६ जना गरी १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये भरतपुरका ११४, रत्ननगरका २१, खैरहनीका ४, राप्तीका ५, कालिकाका ६, माडीका १ जना रहेका छन् । जिल्लामा हालसम्म ११ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सात हजार २५० जना निको भइसकेका छन् । कोरोना संक्रमणबाट चितवनका १६३ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीकाअनुसार जिल्लामा अहिले तीन हजार ७४१ जना सक्रिय कोरोना संक्रमित छन् । संक्रमितमध्ये ३ जना संस्थागत आइसोलेसन, २१४ जना अस्पतालको आइसोलेसन तथा तीन हजार ५२४ जना होमआइसोलेसनमा रहेका तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार