
चितवनमा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन बिहान ६ बजे देखी दिउँसो २ बजेसम्म मात्र सन्चालन गर्न पाइने भएको छ । आज (आईतबार) जिल्ला प्रशासन कार्यालय चितवनले आदेशमा संसोधन गर्दै यस्तो निर्णय गरेको हो ।
प्रशासनले राजमार्ग भई अन्य जिल्लामा जाने मालबाहक सवारी साधन, निर्माण सामग्रीका सवारी साधन र खाली फिर्ता हुने सवारी साधन चितवनमा नरोकिने गरी संचालन गर्न पाइने जनाएको छ ।
चितवनमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछी जेठ १३ गते सम्म निषेधाज्ञा थपिएको छ भने हिजो देखी जिल्लामा थप कडाई गरिदै लगिएको छ ।