
२४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना काेराेना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।
नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ ।
यसअघि सिसिएमसीको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि बितेका दुई साता निकै कठिनपूर्ण रहेको भए पनि अब बिस्तारै अवस्थामा सुधार आउने बताएका थिए।
विज्ञहरूले भने दुई-चार दिनको तथ्यांक हेरेर नेपालमा कोरोना भाइरसको दोस्रो लहर ‘पिक’ मा पुगेर ओह्रालो लागेको निष्कर्ष निकाल्नु हतार हुने भए पनि यो सकारात्मक संकेत भएको बताएका छन्।
संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन भन्छन्, ‘राम्रो संकेत देखिएको छ। तर अझै एक-दुई दिनको प्याट्रन हेर्नुपर्ने हुन्छ।’