नेकपा एमालेले कार्यदल बनाएको छ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको हो । एमले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको वार्तापछि कार्यदलमा दुवै पक्षका ५÷५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल प्रदीप, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छ्न ।

‘कार्यदललाई तीन दिनको समय दिने कुरा भएको छ । सो कार्यादलले नै खाका तयार गर्नेछ ।’ नेता नेपालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार