
पूर्व पश्चिम राजमार्ग स्थित राप्ती नगरपालिका वडा नम्बर १ वडा कार्यालय नजिक एक बस दुर्घटनामा परेको छ। आज सोमबार साँझ करिब ६:४५ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ४७५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।
बसमा सवार ४ जनाको अवस्था सामान्य भएको र उनीहरुलाई उपचारको लागि भरतपुर लगिएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।