नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २० हजार ९ सय ७९ नमूना परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २० हजार २ सय ८६ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ८ हजार १ सय ३६ मा पोजेटिभ देखिएको र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको थियो।

गत २४ घण्टाको अवधिमा १९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या ५४११ पुगेको छ।

देशभर ७५२ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा ६८९१ जना डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म ३ लाख ५२ हजार ४ सय १४ कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार