राप्ती नगरपालिकामा बैशाख यता कुल संक्रमितको संख्या १३१ पुगेको छ जसमध्ये सक्रिय संक्रमित १०४ रहेका छन् भने २० जना निको भैसकेका छन् र ७ जनाको मृत्युु भएको छ।

नगरपालिकाबाट बैशाख महिनामा १३२ एन्टिजेन टेष्ट गरिएको छ। जसमा २० जना पुरुष र २७ जना महिलामा संक्रमण पोजेटिभ देखिएको छ। त्यस्तै गरि जेठ महिनामा ६३ जनाको एन्टिजेन परिक्षणमा ११ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको छ।

यस्तै मृत्यु हुनेहरुमा वडा नम्बर १ का २ महिला, वडा ६ का १ महिला वडा ७ का २ पुरुष र वडा ९ का १ पुरुष रहेका छन्।

उमेरको आधारमा सबैभन्दा बढी ३० देखि ३९ बर्ष उमेर भएका ३० जना, २० देखि २९ बर्षका २६ र ४० देखि ४९ सम्मका २३ जना रहेका व्यहोरा राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार