दिनेश बिसुन्के-नेकपा एमाले चितवनका जिल्ला कमिटी सदस्य हरि प्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका  प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले फेरि पार्टी एकता हुनुपर्छ भनेर दिनु भएको अभिव्यक्तिमा आलोचनात्मक सर्मथन गर्नु भएको छ । नेता शर्माको अभिव्यक्तिमा उहाले नेतृत्वमा विश्वास र धैर्यतागर्न सक्ने भएर मात्र एमालेमा एकताको लागी पहल सुरु गर्न अनुरोध गर्नुभएको छ । कम्न्युनिष्टको शासन र नेतृत्वमा शक्ति र जनताको बल महत्वपुर्ण रहेकोले एकता अगाडी पार्टी नेतृत्वमा अविश्वास र पहिलेको जस्तो खुट्टा तान्ने प्रवृद्धी रोकिनु पर्नेमा उहाँले त्यही पोष्ट मार्फत जोड दिनुभएको छ ।

उहाँ लेख्नुहुन्छ:

अर्धभुमिगत जीवन बितायाैं, भुमिगत हुँदाकाे अनुभव पनि छ,बन्दुककाे नालबाट कम्युनिष्ट सत्ता प्राप्तहुने शिक्षाद्वारा शिक्षित हुँदै सशस्त्र जनयुद्ध पनि गर्याैं,सर्वहाराकृत हुने निर्णय पनि त हामिले गर्याैं, अबकाे युग ब्यालेटकाे युग भनेर स्विकार पनि आज गरिएकै छ,पार्टि एकताकाे महसु गरियाे गरिंदै पनि छ अझै ,भने दाेष बाहिरी तत्वलाई दिंइदै छ।ति बाहिरी तत्वकाे गाेटि बन्ने कार्यकर्ता हुन कि तपाईं नेत्तृत्व गर्नेहरु हाे ।ती खराब तत्व पहिचान गर्न नसक्ने तपाइहरु कति सक्षम हाे।जनताकाे नजरमा सक्षम नलाग्ने तपाइहरु स्वसक्षम घाेषणा गर्दै हुनुहुन्छ त।फायरबाख,मार्क्स,एङ्गेल्स,लेनिन,माअाेका ठेलिहरु खग्राष्ठ पार्ने तपाईंहरु,चिनमा काेमिन्तङ्गे राजा र जापानिजहरु विचकाे सुरुङ्ग युद्धकाे भिडियाे देखाएर कार्यकर्तालाई उत्साहित गर्दै युद्धमा हाेम्न सिकाउने पनि त तपाईहरु नै हाे नि कमरेड।कार्यकर्तालाई लड्नुस भन्नुभयाे लडियाे भाेट हाल्नुस भन्नुभयाे हालियाे तर आजसम्म बुद्धि दिनुस् त भन्नुभएकाे थाछैन कमरेड, बुद्धिकाे पूरा त तपाईंहरु संगै छ।तर पनि दाेष जति अन्यत्र पन्छाएर पानी माथिकाे अाेभानाे बन्न खाेज्दैहुनुहुन्छ । खैर् जे हाेस् अब राम्राे गर्न,राम्राे साेच्न र राम्राे परिणाम निकाल्न तपाईंहरुलाई कुनै तत्वले राेक्न छेक्न सक्नेछैन भन्ने विश्वासकासाथ तपाईंमा रहेकाे अन्तरनिहित तत्वलाई समेत जितेर आफ्नै जीवनकालमा परिणाममुखी काममा लाग्न सफलता मिलाेस् कमरेड शुभकामना छ।चिनका तमाम सि जिन पिङहरु मिलेर एउटा सिंगाे सि जिन पिङ संस्था खडा गरेर चिनलाई तपाईंहरुकै जीवनकालमा समृद्ध बनाईसके भने तपाईहरु पनि सक्नुहुन्छ कमरेड बनउनुस् बनाउन लाग्नुस् हाम्राे शुभकामना छ। कमरेड शुभकामना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार