
कोरोनाको माहामारीले गर्दा निषेधाज्ञा जारी छ। बजारका हरेक पसल बन्द छन्, सबै सुसान देखिन्छ। यसको बाबजुद पनि कोरोनाको रोकथाम तथा व्यवस्थापनको लागि जनचेतनामूलक फ्लेक्स मुद्रण भइरहेको छ। त्यसै फ्लेक्सका सञ्चालक उनी हुन् राप्ती नगरपालिका ४ निवासी नवीन राई। ३२ बर्षीय राईको राप्ती नगरपालिकाको मुटु भण्डारामा फ्लेक्स तथा छापाखानाको व्यवसाय छ। उनले व्यवसाय सञ्चालन गरेको धेरै भैसक्यो तर राप्ती नगरपालिका ५ भण्डारामा उनले भर्खरै मात्र नयाँ व्यवस्थापन सहित फ्लेक्सको व्यवसाय सुरु गरेका हुन्। उनले आफनो पसलको नाम शिखर छापाखाना एण्ड फ्लेक्स प्रिन्ट राखेका छन्। जुन वैद्य मेडिकल हलको छेउमै छ।
फ्लेक्स प्रिन्ट तथा छपाई कार्य चुस्त रुपले अगाडि बढाउन तथा सेवाग्राहीहरुलाई छिटो र छरितो ढङ्गले सेवा दिन राई हरदम तत्पर देखिन्छन्। शिखर छापाखानाको एण्ड फ्लेक्स प्रिन्टको मुख्य काम छपाई नै हो। यसका साथसाथै मायाको चिनो, प्रमाणपत्र, समवेदना पत्र, स्टीकर प्रिन्ट, कप प्रिन्ट, टिशर्ट प्रिन्ट आदिको सेवा पनि सुलभ मुल्यमा दिइने छापाखानाका सञ्चालक राईले बताए।
राप्ती ५ भण्डारा चोकमै सहायता कक्ष स्थापना गरिएको छ जसको आयोजना न्युज टाइम्स र राप्ती एफ एमले गरेको हो। त्यहाँ आवश्यक भएको चेतनामूलक छपाईको सम्पूर्ण जिम्मेवारी शिखर छापाखाना एण्ड फ्लेक्सले नै पाएको छ। जसको कामबाट सन्तुष्ट भएको सहायता कक्षका आयोजकहरुले बताए।