
चितवनमा थप ७२ जना कोरोना भाइरसको संक्रममुक्त भएका छन् । पछिल्लो जिल्लाभर ७२ जना कोरोनामुक्त भएका हुन् ।
यससँगै जिल्लाभर कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ७ हजार ५०१ पुगेको छ । जसमा भरतपुर महानगरपालिकाका ५ हजार ५२०, खैरहनी नगरपालिकाका ४२८, माडीका ११५, रत्ननगरका ८३१, राप्तीका ३२७, कालिकाका २०० र इच्छाकामना गाउँपालिकाका ४० जना रहेका छन् ।
जिल्लाभर अझै ४ हजार ३८९ जनामा कोरोना सक्रिय छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार उनीहरु मध्ये ४ हजार १६७ जना होम आइसोलेसनका छन् भने २१३ जना हस्पिटल तथा ९ जना संस्थागत आइसोलेसनमा छन् ।