कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को व्यवस्थापनमा सञ्चालित सिद्विविनायक अक्सिजन ग्यास उद्योगको क्षमता वृद्धि गरिएको छ । गैँडाकोटमा रहेको उक्त उद्योगमा नयाँ मेसिन थप गरी क्षमता वृद्धि गरिएपछि अब दैनिक १६० सिलिन्डर अक्सिजन थप उत्पादन हुने भएको हो ।

अस्पतालका आवासीय निर्देशक डा.मनोहर प्रधानका अनुसार बुधबारबाट नयाँ उपकरण सञ्चालनमा आएको छ । उत्पादन शुक्रबारबाट शुरु हुनेछ । यसअघि उक्त उद्योगबाट दैनिक ४०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको थियो । नयाँ मेसिन थप गरिएसँगै अब दैनिक ५६० सिलिन्डर उत्पादन हुने छ । सो अस्पतालले दैनिक ३०० सिलिन्डर खपत गर्दछ । बाँकी अन्य अस्पतालका लागि प्रयोग गर्न सकिने छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले उद्योगलाई क्षमता वृद्धि गर्न सहजीकरण गरेसँगै नयाँ मेसिन जडान गरी उत्पादन बढाउन सकिएको बताए । यसले जिल्लामा कोभिड सङ्क्रमितको उपचारमा थप सहजता हुने उनको भनाइ छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार