२४ घण्टामा देशभर ८ हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६९५ पीसीआर परीक्षणमा ८ हजार २२७ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

हालसम्म २८ लाख ५५ हजार ७९३ पीसीआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार