नेपालको राजनैतिक सरगर्मी बढ्दो क्रममा रहेको कुरा केहिपनि छिपेको छैन । समस्याको समाधान गर्न भन्दा आफु केन्द्रित मोलमोलाईले स्थिति झन् झन् जटिल हुँदै गएको छ। जनताका नेता को हो ? र अग्रगमनका पक्षधर को हो ? भन्ने कित्ता को आफ्नो आफ्नै तर्क रहला तर त्यो भन्दा पहिले मपाईत्वको शिरोधार्य गर्दै आफ्नै वकालत गर्न तल्लीन छन् विभिन्न  पार्टीका नेतागणहरू ।

एक नेता लोकप्रिय हुदा आफ्नो राजनैतिक अवसान होला कि भन्ने हीनताले मनस्थितिलाई राम्रैसँग गिजोल्नुको परिणाम हो आजको राजनैतिक कम्पन । आफ्नै नेतृत्वलाई  बदनाम गर्न पार्टीपंक्तिलाई छिन्नभिन्न पार्न विभिन्न तरिका र उपायहरू प्रयोग गर्न विभिन्न स्तरका नेताहरु हात धोएरै यसरी लागेका छन् कि घर डढेर निस्केको खरानी धस्दा साच्चै साधु भईन्छ जसरी । यसबेला राजनैतिक उपजको निमित्त भन्दा पनि एकमात्र सोच सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई बदनाम गर्न विभिन्न साम्राज्यवादी शक्तिहरुको साँठगाँठ र अन्य  प्रतिक्रियावादी तत्वहरू भरपुर रुपमा हर उपाय प्रयोग गर्न छाडेका छैनन्।

वस्तुगत सामाजिक यार्थता र इतिहासले आफ्नो विकास प्रक्रियामा सदा आफूलाई आवश्यक पर्ने  राजनीतिक नेताहरू सामाजिक जीवनको बीचबाट निस्कन्छ  तर यहाँ त आफ्नो नेतालाई खुइल्याउने, देखाइदिने, घोडा टेकाउने भन्दै अप्राकृतिक मिलेमतोको सिकन्जा बुन्दै घर ढलाउन विभिन्न पार्टी पंक्तिका नेता कार्यकर्ताहरू तल्लीन छन् अनि ठिक त्यसको विपरीत पार्टी एकताको हवला दिन्छन् ।

पार्टी सिद्धान्तप्रति दृढ अडान र निष्ठाका साथ उभिन साहस र हिम्मत भएका केपि ओलिको दृढ अडानलाई सन्किपनको उपनाम दिनु किमार्थ जायज हुदैन ! हिजोको जेल जीवन होस् या आजको आर्थिक सामाजिक रुपान्तरण को अभियानमा होमिरहदा होस् नेकपा एमालेका अध्यक्ष श्री केपी शर्मा ओलीको जीवन निरन्तर सङ्घर्षको जीवन छ र उक्त सङ्घर्षको एउटा महत्वपूर्ण र अभिन्न हिस्सा सर्वहारा वर्गको सच्चा कम्युनिष्ट पार्टी निर्माण र समाजवादी क्रान्तिलाई सहि दिशामा हाक्न पार्टी स्थापना कालदेखि नै निरंकुश पंचायती शासकहरू, पुँजीपति वर्गको थिचोमिचो, वामपन्थी सङ्कीर्णतावाद, क्रान्तिकारी प्रतिशोध आदिको विरुद्ध सङ्घर्ष रहेको छ । तर आज सहि मानेमा उहाँको संघर्षको सम्मान हुन सकेको छैन बरू उपेक्षा गर्दै अनेकौ कटाक्ष गर्दै आफु असफल हुनुको भडाँस पोख्दै हिडेका छन् आफ्नै सह योद्धा हरू ।

जसरी लेनिनको नेतृत्वमा सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति चलिरहेको बेला त्यहाँका जारशाही सरकारले लेनिनलाई आफ्नो ठूलो शत्रु ठान्थ्यो  ठिक त्यसै गरी आज पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सबै खालका प्रतिक्रियावादीहरूले जनताका विरुद्ध प्रचार गर्नु कुनै नौलो र अस्वाभाविक कुरा होइन । यथास्थितिवादी  वर्गको दृष्टिमा, केपी ओली जोर–जरबजस्ती गर्ने निर्दयी व्यक्ति होलान् तर देशको अग्रगामी छलाङको निमित्त र स्थिर र स्थायित्वको लागि  उनलाई प्रधानमन्त्रीको रुपमा थप रहन पर्ने देखिन्छ! यसो हुन सकेमा मात्र जनताका सच्चा नेताका रूपमा जनतालाई आफूसँगसँगै लैजान  सम्माननीय पार्टी अध्यक्ष श्री केपी शर्मा ओलीले सारा नेपाली जनता र  समाजको  मुक्ति तथा सुखका लागि, विद्यमान समाजको क्रान्तिकारी रुपान्तरणद्वारा नयाँ कम्युनिष्ट समाजको निर्माणको महान् लक्ष्यमा केन्द्रिभूत र समर्पित हुन सक्दछन् । 

नेकपा एमालेका आम कार्यकर्ता यो विश्वासमा आज छन् कि, त्यो समय आउनेछ, जब हामी नेपाली जनताले अध्यक्ष श्री केपी शर्मा ओलीले खेल्नु भएको राजनैतिक खेल देशको लागि थियो भनेर पुष्टि हुनेछ र राष्ट्रिय सम्मान व्यक्त गर्नेछौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार