कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार  राति  बाँकेका कुनै पनि सङ्क्रमितको  मृत्यु नभएको  जिल्ला  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला  कोभिड–१९  सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि आइतबार दिउँसोसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा   पहिलोपटक जिल्लाका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको बताए ।

तर, सो अवधीमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका  आठजना सङ्क्रमितको भने  उपचारकै क्रममा रातभरिमा मृत्यु भएको उनले बताए ।

फोकल  पर्सन  ओलीका  अनुसार  गत  एक महिनायता  रातभरि  र  अर्को  दिन  दिउँसोसम्म बाँकेका  कुनै  पनि  सङ्क्रमितको  मृत्यु  नभएको यो पहिलोपटक हो । यसअघि हरेक राति जिल्लाका  पाँचदेखि  १० जनासम्मको मृत्यु हुँदै आएको थियोध्र बाहिरी जिल्लाबाट आएर उपचार गराइरहेकामध्ये गएराति ६ जनाको भेरी अस्पताल र दुईजनाको मेडिकल कलेज कोहलपुरमा  मृत्यु भएको ओलीले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार