काठमाडौं,जेठ १० । कोभिड-१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा ७४२५ संक्रमित थपिएका छन्, भने थप १८५ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । भने १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् ।

७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, भने १६९७ जना आईसीयूमा उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार