विगत २४ घण्टामा चितवनमा १०६ जनालाई कोरोना संक्रमण देखिएको छ थपिएका संक्रमित मध्ये भरतपुरका ७०, खैरहनीका २, माडीका ४, रत्ननगरका ७, राप्तीका ९ र कालिकाका १४ जना रहेका छन् ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ८३४ जना रहेका छन् । जसमध्ये अस्पतालको आइसोलेसनमा १६२ जना र होम आइसोलेसनमा चार हजार ६५८ जना रहेका छन् । चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट २०६ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार