चितवन नारायणगढ लेडी जेसिजले आज परेको बुद्ध जयन्तीको अवसर पारेर सडकपेटीमा आफ्नो जीवन बिताउँदै आएका मानिसहरुलाई बिहानाको खाना खुवाएको छ। ‘सभ्यताको घर’ नामको सामाजिक संस्थाले गत बैशाख २० गतेदेखि सुरु गरेको यो अभियानमा नारायणगढ लेडी जेसिज पनि जोडिएको हो।

सम्झना प्रधानको अध्यक्षतामा नारायणी नदीको किनारमा भएको खाना खुवाउने कार्यक्रममा प्रमुख अतिथिको रुपमा ‘सभ्यताको घर’ की अध्यक्ष सीता कुंवरको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन वर्ष २०२१ की महासचिव लक्ष्मी के सि ले गर्नुभएको हो। वर्ष २०२१ की उपाध्यक्ष गायत्री आचार्यको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा करिब ३०० जना मानिसले खाना खानुभएको थियो।

कार्यक्रममा बोल्दै नारायण लेडी जेसिजकी बर्ष २०२१ की अध्यक्ष सम्झना प्रधानले ‘सभ्यताको घर’ नामक संस्थाले सुरु गरेको यो पुण्य अभियानको एक हिस्सा भएर आज बुद्ध जयन्तीको दिन यी सयौं भोका पेटहरु भर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । “अहिलेको यो कोभिड-१९ को माहामारिमा एउटा संस्थाको प्रतिनिधित्व गरेर यसरी गरिब,दुखी र मजदुरहरुको भोको पेट भर्न पाउँदा खुशी लागेको छ; अहिले मानिसहरु रोगले भन्दा पनि भोकले मर्नु पेरेको अवस्था छ” प्रधानले भन्नुभयो। अन्त्यमा उहाँले यो अभियानमा अन्य संघ संस्थाहरु पनि जोडिए मानिसहरु भोकभोकै मर्न नपर्ने भन्दै सहयोगको हात अगाडी बढाउन पनि अनुरोध गर्नुभयो । कार्यक्रममा नारायणगढ लेडी जेसिजकी वर्ष २०२१ की कोषाध्यक्ष गोमा लुइँटेल र निवर्तमान अध्यक्ष सकिला परियारको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार