
राप्ती नगरपालिकामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमित निको भएका छन् । योसँगै संक्रमणबाट कुल ६६ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या १०२ जना रहेको छ।
राप्ती नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बैशाख यतादेखि जेठ १३ बिहान ९:२४ सम्म राप्ती नगरपालिकामा कुल संक्रमितको संख्या १७७ रहेको छ जसमध्ये महिला संक्रमित ९० र पुरुष संक्रमित ८७ जना रहेका छन्। त्यस्तै कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ९ जना रहेका छन्।