चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेजमा १, पुरानो मेडिकल कलेजमा ३ र क्यान्सर अस्पतालमा २ जना गरेर ९ जनाको मृत्यु भएको हो ।

चितवनका विभिन्न अस्पतालमा अहिले ४०६ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा २१०, भेन्टिलेटरमा ५४, एचडीयूमा ३९ जना र सामान्य बेडमा १४९ जनाको उपचार भइरहेको छ । त्यसैगरी विगत २४ घण्टामा ३० जना कोरोना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा चितवनमा ६५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ४३ जना, खैरहनीमा ५ जना, माडीमा ४ जना, रत्ननगरमा ४ जना, राप्ती नगरपालिकामा ६ जना र कालिकामा ३ जना संक्रमित थपिएका हुन् । चितवनमा अहिले सम्म कोरोना संक्रमणको कारणले २१२ जनाको मृत्यु भएको छ भने संक्रिय संक्रमितको संख्या चार हजार ९२४ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार