
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।
पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोध्न लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताएका छन् ।
प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीलाई स्पष्टीकरण सोध्न लागिएको हो । एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बुधबार बसेको बैठकले पार्टी केन्द्रको निर्देशनविपरीत सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।