
राप्ती नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ५ जनfमा संक्रमण पुष्टि भएको छ । यसकासँगै सोहि अवधिमा ६ जना निको भएका छन् । योसँगै संक्रमणबाट कुल ७५ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या १०३ जना रहेको छ ।
राप्ती नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बैशाख यतादेखि जेठ १३ बिहान ८ः५४ बजेसम्म राप्ती नगरपालिकामा कुल संक्रमितको संख्या १८७ रहेको छ जसमध्ये महिला संक्रमित ९४ र पुरुष संक्रमित ९३ जना रहेका छन्। त्यस्तै कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ९ जना रहेका छन् ।
भण्डारा अस्पतालबाट २८८ एन्टिजेनबाट परिक्षण गरिएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।