नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रवादी शक्तिहरुबीच राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन्।

विज्ञप्तिमा भनिएको छ-‘अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार