
अर्थमन्त्री विष्णु पौडेलले बिद्यार्थी खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड बिनियोजन गरेको बताएका छन् । सबै सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि यो रकम छुट्याइएको हो । यो कार्यक्रमबाट बिद्यार्थीहरुले पोषणस्तर सुर्धान विद्यालय छोड्ने प्रवृति अन्त हुने उनको भनाई छ ।
यो कार्यक्रमबाट देशभरका ३५ लाख बिद्यार्थी लाभान्वित हुने पौडेलले बताए ।