
चितवनमा पछील्लो चौबिस घण्टामा १०७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर १०७ जनामा कोरोना भाईरस पुष्टी भएको हो । स्वास्थ्य कार्यालयका अनुसार चितवनमा कोरोना संक्रमितको संख्या हालसम्म १३ हजार ४७१ पुगेको छ ।
जिल्लामा आज कसैको पनि मृत्यु भएको छैन । त्यस्तै जिल्लामा सकृय संक्रमितको संख्या ४ हजार ९०३ पुगेको छ । जसमध्य ४ हजार ७२० जना होम आईशोलेसनमा,१६ जना पब्लिक आईशोलेशनमा छन् भने १६७ जनाको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। यस्तै पछिल्लो चौबिस घण्टामा ३५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । आजसम्म जिल्लामा कोरोना जितेर घर फर्कनेको संख्या ८ हजार ३५४ पुगेको छ । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१४ पुगेको छ ।