
काठमाडौं,जेठ १७ । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको प्रतिस्पर्धाका लागि नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ।
शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टिम स्थालमार्ग हुँदै आइतबार राति कुवेत पुगेको छ । शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाललाई इराकले ६-२ गोलले पराजित गरेको थियो।
नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ। समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ । नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ ।
नेपाली टिम
गोलकिपर – किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर – मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड – अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट