चितवन। नव गायक तथा मोडल निरायु गौतम यतिबेला भोकाहरुको पेट भर्ने अभियानमा जुटेका छन् । गृहजिल्ला चितवनमा रहेका गौतम यतिबेला चितवन आसपासमा रहेका गरिबहरुको लागि खाद्य सामाग्री वितरण गर्न लागिपरेका छन् । हिजो देखि सुरु गरेको यो अभियानमा निरायु सङ्गै अर्जुन बराल, सचितराज सेढाई र अमिर बराल जोडिएका छन् ।

अभियान्ता गौतमको टिमले आज चितवनको बारघरे, विशालचोक, सिर्जना चोक र पारस बसपार्क चोकमा गएर वास्तविक पीडित पहिचान गरेर चामल, नुन, तेल, दाल लगायतका खाद्य सामाग्री वितरण गरेका थिए। “सबैलाई सहयोग गर्न पक्कै सकिन्न जतिलाई सक्छौं, त्यतिलाई गर्छौ” गौतमले भन्नुभयो। यसरी वास्तविक पीडित पहिचान गरेर अन्य सामाजिक संघ-संस्था र अभियान्ताहरुले पनि सहयोग गरेमा कोहि पनि भोकै मर्नु नपर्ने उहाँहरुको भनाइ छ। “अहिलेको अवस्थामा आफ्नो पेट भरिएको छ भने भोको रहेका जो कसैको पनि भोको पेट भर्न सहयोग गर्नु सबैको धर्म र मानवता दुवै हो” सचितराज सेढाईले भन्नुभयो। चितवन जिल्ला भित्र कसैको छर-छिमेकमा कोही भोकभोकै बस्नुपरेको छ भने सम्पर्क गरेमा घरमै पुगेर सहयोग गर्ने उहाँहरुले जानकारी गराउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार