राप्ती नगरपालिका २ मा टिप्परको ठक्करबाट २० बर्षीय युवती गम्भीर घाइते भएकी छिन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको टिप्परले बाटोमा उभिरहेकी राक्सीराङ गाउँपालिका ७ बस्ने सेतीमाया पाख्रिन टिप्परको ठक्करबाट गम्भीर घाइते भएकी हुन्।

सडक भन्दा लगभग १० मिटर टाढा उभिएकी उनीलाई टिप्परले ठक्कर दिएको थियो।

बिएड प्रथम बर्षको फाराम भर्न भनेर जान लाग्दा साइकलमा हावा सकिएकोले साथी हावा हाल्न गएको र उनी त्यही उभिएको उनको साथीले बताए।

दुर्घटना पश्चात् उनीलाई भरतपुरस्थित अलाईभ हस्पिटल लगिएको र टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ।

स्थानियबासीहरुले टिप्परलाई रोकेर विरोध जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार