
नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाले राप्ती नगरपालिका र ईलाका प्रहरी कार्यालय भण्डारालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
जिल्ला विपद व्यवस्थापन समिती चितवनको संयोजक तथा नेपाल रेडक्रस सोसाईटी शाखा चितवनका सदस्य महेश्वर थपलियाको समन्वयमा राप्ती नगरपालिका र इलाका प्रहरी भण्डारालाइ स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
रेडक्रसले राप्ती नगरपालिकालाइ ३ हजार ५ सय थान सर्जिकल माक्स, अक्सिजन कन्सन्ट्रेटर(अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) १० लिटरको एक थान र २० थान पिपिइ सहयोग गरेको हो।
त्यस्तै ईलाका प्रहरी कार्यालय भण्डारालाई ७ सय ५० थान सर्जिकल माक्स सहयोग गरिएको छ।
आज एक अनौपचारिक कार्यक्रम गरि स्वास्थ सामाग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा रेडक्रस सभापति ज्ञानशाली न्यौपाने, मन्त्री हरी पौडेल र संकट विपद व्यवस्थापन समिती चितवनका संयोजक महेश्वर थपलिया,राप्ती नगरपालिकाकी मेयर प्रभा बराल,उप मेयर इमानसिह लामा,प्रमुख प्रशासकिय अधिकृत गंगा बहादुर भुजेल र स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने तथा ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरी लगायत पिप्ले,भण्डारा र बीरेन्द्रनगर उपशाखाका सभापति तथा सचिवहरुको उपस्थिति रहेको थियो।
हालको अवस्थालाई बुझेर सहयोग गरिएको जिल्ला विपद व्यवस्थापन समिती चितवनको संयोजक तथा नेपाल रेडक्रस सोसाईटी शाखा चितवनका सदस्य थपलियाले बताउनुभयो।