नेपाल रेडक्रस साेसाइटी वीरेन्द्रनगर उपशाखाकाे आयोजनामा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।

राप्ती नगरपालिका वडा नं ७, ८ र ९ मा १०० घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो।

खाद्यान्न सामाग्रीमा २० केजी चामल, मुसुराे दाल रहेको थियो।

अति विपन्न र खाद्यान्न सामाग्री नभइ चुलाे बाल्न अप्ठ्यारामा परेका घरधुरीलाई सम्बन्धित वडाका जनप्रतनिधिहरुकाे समन्वयमा एक कार्यक्रमको बीच राहत वितरण गरिएको थियो।

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनि लि. शाखा कार्यालय नारायणगढले  १,००,०००, र आशा लघुिवित्त वित्तीय संस्था लि. खुरखरे शाखाले १२,४०० बराबरकाे जिन्सी राहत बीरेन्द्रनगर उपशाखालाई उपलब्ध भएको थियो।
 
राहत सामाग्री वितरण कार्यक्रममा नेशनल लाइफ इन्स्याेरेन्स नारायणगढ शाखाका ब्रान्च म्यानेजर रामकुमार अधिकारी ,आशा लघुवित्त वित्तीय संस्थाका प्रमुख सरुना आचार्य, राप्ती नगरपालिका वडा नं ७ का अध्यक्ष सुमिता डल्लाकाेटी, वडा नं ८ का कार्यबाहक  वडा अध्यक्ष पुर्ण आचार्य, वडा नं ९ का अध्यक्ष देवन लामा ,उद्याेग बाणिज्य संघ राप्तीका अध्यक्ष राजकुमार कँडेल ,राप्ती नगर कार्यपालिका सदस्य श्यामलाल वि.क.,आइति देबी दराई, वडा सदस्यहरू,समाजसेवि लगायतकाे उपस्थित रहेको थियो।

उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर उपशाखाका सभापति गाेपाल सेढाईकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार