पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जम्मा १६ हजार ८७८ जनाको परीक्षण गरिएको थियो जसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् । संक्रमित मध्ये ४ लाख ६१ हजार ५६३ जना निको भएका छन् । यही अवधिमा थप १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट ७ हजार ५५५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार