राप्ती नगरपालिका कृषि शाखा अन्तर्गतको रकमबाट राप्ती नगरपालिका वडा नम्बर ४ मा सञ्चालित श्री लक्ष्मी नारायण आइ पि एम कृषक पाठशालाको समापन भएको छ ।

२०७७ माघ ५ गते २५ जना सदस्य गठन गरि सुरु भएको उक्त पाठशाला २०७८ जेठ २० गते समापन भएको हो ।

समापन कार्यक्रममा राप्ती ४ का जनप्रतिनिधिहरु रमा पराजुली, मायानाथ सेढाई, कृषि शाखा प्रमुख शैलेन्द्र भण्डारी, वरिष्ठ अर्गानिक सहजकर्ता तथा अर्गानिक निरीक्षक मान कुमार चौधरी, कृषक सहजकर्ता धर्मराज कँडेल लगायत पत्रकार तथा पाठशालाका सदस्यहरुको उपस्थित रहेको थियो ।

साँढे चार महिनाको अवधिमा विशेष बोडी बाली लगाइएको र अन्य जातमा ट्रायल गरिएको सहजकर्ता कँडेलले बताउनु भयो ।

उक्त पाठशालाले असुरो, निमबाट बालीलाई चाहिने अर्गानिक औषधि बनाउन जानेको तथा बालीमा लाग्ने किराहरुको बारेमा जानकारी पाएको सहभागि सदस्यहरुले बताउनु भएको छ ।

पाठशालाको सचिव ज्ञानु खनालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता पाठशाला कै अध्यक्ष बिना घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार