राप्ती नगरपालिकाले “विद्यार्थीसँग नगरपालिका” कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रम आज जेठ २३ गते देखि असार ३ गते सम्म चल्नेछ र भर्चुअल मार्फत हुनेछ।

कार्यक्रममा राप्ती नगरपालिकाका विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई समेट्ने राप्ती नगरपालिकाले जनाएको छ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव गिरीले साइबर अपराध, लागू औषध दुर्व्यसनी, बाल यौन दुर्व्यवहार र यसबाट बच्ने उपायको बारेमा, पार्वती नेपालीले तनाव व्यवस्थापनको बारेमा र विपद तथा संकट व्यवस्थापन समिति चितवन जिल्ला संयोजक तथा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सदस्य महेश्वर थपलियाले विपद व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिनुहुने पनि नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार