नेपाल स्काउट केन्द्रले गरेको खैरहनी नगरस्तरीय स्काउटको नेतृत्व चयनको विरोध गर्दै शुक्रवार खैरहनी नगरभित्रका स्काउटहरुले नगरपालिकामा ज्ञापन प्रत्र बुझाएको छ |

केन्द्रले खैरहनी नगरस्तरीय स्काउटको टिके नेतृत्व चयन गरेको भन्दै शुक्रवार खैरहनी नगरभित्रकास्काउटहरुले खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणी चौधरीलाइ ज्ञापन प्रत्र बुझाएको हो |

नेपाल स्काउट केन्द्रले विश्व स्काउटको सिद्दान्त, मुल्यमान्यता विपरित निमार्ण गरिएकोनगरस्तरीय स्काउट समिति आफुहरुलाइ किमार्थ मान्ने नहुने भन्दै शुक्रवार खैरहनी नगरभित्रका स्काउटहरुको भेलाले रोशन खत्री को नेतृत्व मा १३ सदस्यीय नगरस्तरीय स्काउट समिति निर्माणगरिएको हो |

राजनैतीक आडमा स्काउटको मर्मविपरीत गलत सोच र विचारले हुने यस्ता गैह्र स्काउटिङ गतिविधिले स्काउट संरचनालाई पूर्ण रुपमा ध्वस्त बनाउने हुँदा यस्ता दुराशयपूर्ण सोचले लाद्न खोजिएको निर्णय मान्न स्थानीय स्काउटरहरु बाध्य नहुने स्काउटर कृष्ण दुवाडिले बताए ।

सो कार्यक्रम कोरोना कहरका बीचमै भौतिक रुपमा खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीको उपस्थितिमा स्काउटर रोशन खत्रीले नेपाल स्काउटमा विधमान सम्पूर्ण सृजित परिस्थितिको जानकारी गराउँदै ध्यानाकर्षण पत्र पढेर सुनाएका थिए।

खैरहनि नगरका ४५ जना स्काउटरको उपस्थिति रहेको उक्त कार्यक्रममा ध्यानाकर्षण पत्र बुझ्दै मेयर चौधरीले विधिभन्दा बाहिर गएर गरिएको निर्णय नगरपालिकालाई पनि मान्य नहुने भन्दै आवश्यक छलफल गरी निर्णय लिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार