
वाइसिएल चितवन र अखिल (क्रान्तिकारी) जिल्ला समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ। कार्यक्रम यही जेठ २५ गते राप्ती नगरपालिका वडा नम्बर ७ स्थित बीरेन्द्र आदर्श माविको प्राङ्गणमा बिहान ७ बजेबाट सुरु हुनेछ।
कोरोनाको माहामारीले भएको रगतको अभावलाई केही हदसम्म भएपनि सहज गराउन कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।