पूर्वी चितवनको राप्ती नगरपालिका वड नम्बर १० अन्तर्गत समिटारमा नेकपा (माओवादी केन्द्र) राप्ती नगर कमिटीद्वारा राहत वितरण गरिएको छ।

निषेधाज्ञाले गर्दा घरमा चुलो बाल्न धौ धौ भएको करिब ५० घरधुरीलाई खाद्यान्न स्वरुप राहत वितरण गरिएको हो।

आइतबार एक अनौपचारिक कार्यक्रमको बीच राहत वितरण गरिएको थियो।

राहत वितरण कार्यक्रममा नेकपा(माओवादी केन्द्र) राप्ती नगर कमिटीका संयोजक रामचन्द्र पाठक, समाजसेवी मार्कण्डेय गौतम, वाइसिएल राप्ती नगर संयोजक सन्देश घलान, नेकपा(माओवादी केन्द्र) राप्ती नगर सदस्य तथा रेडियोकर्मी गोपाल विश्वकर्मा, नेकपा(माओवादी केन्द्र) वडा १० संयोजक अर्जुन चेपाङ लागायत पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहको थियो।

यस विषम परिस्थितिमा सबै एकजुट भएर समाजसेवामा लाग्नुपर्ने वाइसिएल संयोजक घलानले बताउनुभयो।

त्यस्तै अबका दिनहरुमा अझ धेरैसामु राहतको प्याकेज लिएर जाने राप्ती नगर कमिटी संयोजक पाठकले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार