
वाइसीएल र अखिल क्रान्तिकारी राप्ती नगर कमिटीद्वारा राप्ती नगरपालिका ७ बीरेन्द्रनगर स्थित बीरेन्द्र आदर्श माविको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा ११ जना महिला र ७० जना पुरुषले रगत दान गरेका वाइसीएल राप्ती नगर सह इन्चार्ज प्रजित रुवालीले बताए।
वाइसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो भने नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष यमलाल परियार प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।
विशिष्ट अतिथिहरुमा नेकपा माओवादी केन्द्र राप्ती नगर इन्चार्ज मान बहादुर स्याङ्बो र नेकपा माओवादी केन्द्र राप्ती नगर अध्यक्ष रामचन्द्र पाठक हुनुहुन्थ्यो।
त्यस्तै अतिथिहरुमा वाइसीएल नेपाल केन्द्रीय सचिव दिबस पाण्डे, केन्द्रीय सदस्य साजन अधिकारी र वाइसीएल राप्ती नगर इन्चार्ज सन्देश घलान हुनुहुन्थ्यो।