चितवनमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनमा आज एकैदिन भरतपुर अस्पतालमा ३ जना र चितवन मेडिकल कलेजमा ५ जनाको मृत्यु भएको हो । मृतकमध्ये चितवनका ६ जना र चितवन बाहिरका २ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालहरुबाट ३० जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

त्यस्तै स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा थप ८२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ६० जना, माडी नगरपालिकामा १ जना, रत्ननगरमा १० जना, राप्तीमा १ जना, कालिकामा ६ जना र इच्छाकामना गाउँपालिकामा ४ जना रहेका छन् । कोरोनाको पहिलो लहर र दोस्रो लहरमा गरेर १४ हजार ७२३ जना चितवनमा कोरोना संक्रमित भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या एक हजार ६६९ रहेको छ भने अहिलेसम्म १२ हजार ८१५ जनाले कोरोना संक्रमणलाई जितेका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार आजसम्म चितवनमा कोरोना संक्रमणको कारणले २३९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार