पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल परीक्षण १५ हजार २३८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ९ हजार ९०१ जनामा परीक्षण गर्दा २ हजार ८७४ र एन्टिजेन विधिबाट ५ हजार ३३७ जना परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अजा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

आज कोरोना संक्रमणबाट ५ हजार २९३ जनामा संक्रमणमुक्त भएको छ । हालसम्म ५ लाख १५ हजार ५९१ जनामा कोरोना संक्रमणमुक्त भएको छ ।

आज कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार २३८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार