
नेकपा माओवादी केन्द्र राप्ती नगर कमिटी द्वारा राप्ती १२ को १७० घरधुरी लाई राहत वितरण गरिएको छ । राहत वितरण नेकपा माओवादी केन्द्र राप्ती १२ को अध्यक्ष राजकुमार तमाङको अध्यक्ष्यता सञ्चालन भएको थियो ।
राप्ती १२ मा रहेका विपन्न परिवारलाई राहत स्वरुप खाद्धान्न वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय तथा प्रदेश माननीय शिक्षा स्वास्थ कृषि सभापति घनश्याम दाहाल अविनाश, विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र राप्ती नगर अध्यक्ष रामचन्द्र पाठक तथा अतिथिहरुमा नेकपा माओवादी केन्द्र राप्ती नगर सचिव श्याम पाठक, नेकपा माओवादी केन्द्र राप्ती नगर सचिवालय सदस्य मार्कन्डे गौतम, वाईसीएल नेपाल चितवन राप्ती नगर इन्चार्ज सन्देश घलान, नेकपा माओवादी केन्द्र राप्ती नगर सदस्य गोपाल बिश्वकर्मा महिला नेतृ बिना उप्रेती, वाईसीएल नेपाल राप्ती नगर सह इन्चार्ज प्रजित रुवाली, मुस्कान लामा लगायतको उपस्थिति रहेको थियो