समाजसेवामा राप्ती जेसिज, राप्ती १२ मा राहत वितरण
राप्ती जेसिजद्वारा राप्ती १२ मा राहत वितरण गरिएको छ । कोभिड १९ को दोस्रो लहरको कारणले दैनिकी गुजारा चलाउन धौ धौ परेको राप्ती १२ यौरालीटारको विकट चेपाङ वस्तीमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा ३५ घर धुरिलाई १ बोरा चामल (३० किलो),२ किलो दाल,२ पोका खाने तेल,३ केजि नुन,१ किलो मस्यौराको दरले ३५ घर धुरिलाइ राहत बितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश माननीय शिक्षा स्वास्थ्य कृषि सभापति घनश्याम दाहाल र विशिष्ट अतिथि राप्ती जेसिजको सल्लाहकार रामचन्द्र पाठक हुनुहुन्थ्यो । राप्ती जेसिजको अध्यक्ष दिनेश सेढाईको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रमको सञ्चालन राप्ती जेसिजको महासचिव विवेक गैरेले गर्नुभएको थियो!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार