गोपाल बिश्वकर्मा चितवन, भदौ २४
राप्ती ४ निवासी ३० बर्सिय गणेश पुरि आन्द्राको क्यान्सरबाट पिडित छन। यतिखेर घरको आर्थिक अवस्था ज्यादै कमजोर रहेका पुरिको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ।

थप उपचारका लागि विभिन्न संघ संस्था स्थानीय निकाय ब्यक्तिहरुको पहलबाट गणेश बचाउ अभियान चल्दै गर्दा पुर्बी चितवनको सक्रिय युवाहरुको संस्था राइफल युनिटिले आज गणेश पुरीकै घरमा पुगि वैदेशिक रोजगारमा रहेका आफ्ना साथी आफन्तहरूबाट संकलन गरेको रु. ३२,०००/ राप्ती नगरपालिका उप-प्रमुख इमान सिङ लामा र राप्ती ४ का वडा अध्यक्ष शम्सेर लामाको उपस्थितिमा संस्थाका अध्यक्ष गणेश लामाले हस्तान्तरण गरेका हुन ।

शिघ्र स्वास्थ लाभको कामना गर्दै उपप्रमुख लामाले सहयोग गर्ने ब्याक्तिहरुलाइ धन्यवाद दिनु भयो साथै उपचारको लागि अपुग रकम नगरको तर्फबाट सहयोग हुने र यो महान कार्यमा लाग्ने राइफल युनिटिलाइ धन्यवाद दिदै मानवको स्वास्थ भन्दा ठुलो धन अरु नभएको समेत बताए। क्यान्सर पिडित पुरिलाइ आफुले सहयोग गर्न पाएकोमा सहयोगी मनहरु प्रती धन्यवाद दिदै सिघ्र स्वस्थ्यलाभको कामना समेत गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार