
काठमाडौं,जेठ २९ । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ ।
८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितमध्ये काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन् । यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् ।
नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ । ६१ जनाको मृत्यु ।