राप्ती नगरपालिका वडा नम्बर ५ द्वारा वडा स्तरीय योजना तर्जुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वडाले आ.व. २०७८/२०७९ को लागि विनियोजित बजेटको सन्दर्भमा स्थानिय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेरको हो।

वडा नम्बर ५ कि वडा अध्यक्ष मेनुका पाठकको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा टोल विकास संस्थाका अध्यक्षहरु, शिक्षक, विभिन्न पार्टीका प्रतिनिधिहरु, संघसंस्थाहरुको अध्यक्षहरु, क्लबका अध्यक्षहरु, युवावर्ग लगायत स्थानिय अगुवाहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा वडाले गरेका कार्यहरु र कमि कमजोरीको बारेमा छलफल गरिएको थियो।
उपस्थितहरुले अबको योजनामा समेट्नुपर्ने भौतिक संरचना, बाटो, नाला, तालिम तथा प्रशिक्षणको बारेमा अभिव्यक्ति प्रकट गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार