मैले धेरैलाई रुवाएको छु ।
नचाहेर पनि धेरैको
आँसु चुहाएको छु।
जन्मदा सबैलाई हसाएर जन्मिए ।
हुर्कदै गर्दा बा र आमालाई रुवाए।
यो चाहियो त्यो चाहियो भनेर ।
नुन किन्न नसक्ने बा,लाई ।
सुन मागेर रुवाए ।
चामल किन्न नसक्ने आमालाई ।
फुडबल मागेर रुवाए ।
हो !
मैले धेरैलाई रुवाएको छु ।
नचाहेर पनि धेरैको
आँसु चुहाएको छु ।

अर्थतन्त्रले धानेको दुनियाँ।
र यो मनले ठानेको दुनियाँ ।
बेग्लै हुदोरहेछ ।
भाग्यमानी खप्पर नभएको ब्यक्ति ।
एक्लै रुदोरहेछ ।
यहाँ मनको आवाजलाई
धनको आवाजले
दबाबमा राख्यो ।
भाग्यले लात्ती बझार्यो
र सँधै अभावमा राख्यो।
जसको कारण !
मैले धेरैलाई रुवाएको छु ।
नचाहेर पनि धेरैको
आँसु चुहाएको छु ।

वास्तविकतामा मलाई चिन्ने
म मात्र हुँ।
जो देखिन्छु सबैको सामु
त्यो नाटकीय पात्र हुँ ।
ज्वालामुखी छ ,मनभित्र दन्किएको।
कयौं सपनाहरु यसैमा थन्किएको।
यता टाल्नलाई उता उधारेर ।
जोड्नु परेको छ ।
परिस्थितिको शिकार बनेर
बाचा तोड्नु परेको छ ।
मेरोमात्रै कथा हैन यो सबैको हो ।
अझै बस्छु भन्दाभन्दै संसार
छोड्नुपरेको छ ।
एकछिन सोचाइको सागरमा
डुब्ने हो भने सबैलाई यस्तै सोच
मनमा आउछहोलापक्कैपनि
वास्तवमा
मैले धेरैलाई रुवाएको छु ।
नचाहेर पनि धेरैको
आँसु चुहाएको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार