
प्रहरीले मकवानपुरबाट कन्टेनरमा लुकाएर लैजाँदै गरेको साढे ९६ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
मकवानपुरबाट हेडौडा लगिँदै गरेको अवस्थामा मंगलबार राति प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चालक मकवानपुर मनहरी गाउँपालिका-६ का २५ वर्षीय सन्तोष आलेमगर, सहचालक २१ वर्षीय मोसा घलान, कन्टेनरमा सवार कैलाश गाउँपालिका-८ का २४ वर्षीय उमेश लामा, राप्ती नगरपालिका-२ का ३१ वर्षीय विष्णु लामा र कैलाश गाउँपालिका-८ का २९ वर्षीय रोशन मोक्तान रहेका छन्।
चालक, सहचालक र सवार व्यक्तिलाई प्रहरीले मंगलबार राति १० बजे ना२ख ५५७९ नम्बरको कन्टेनरसहित हेटौडा-१० भुटनदेवीबाट पक्राउ गरेको थियो। पक्राउ परेकाको वयानका आधारमा गाँजा कारोबारमा संलग्न अन्य तीन जनालाई बुधबार बिहान पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
हेटौडा-११ थानाभर्याङमा कन्टेनर रोक्न खोज्दा भागेपछि प्रहरीले पिछा गरेर नियन्त्रणमा लिएको थियो।