राप्ती नगरपालिका ५ भण्डारा निवासी हाल कतार कार्यरत कुमार राना मगरले ३५ घरधुरीलाई राहत सहयोग गरेका छन् । उनको दाइ बुद्धि राना मगरको समन्वयमा राहत स्वरुप खाद्यान्न सामाग्रीहरु चामल, नुन, तेल, मस्यौरा सहयोग गरिएको थियो ।

अति विपन्न र निषेधाज्ञाले गर्दा काम गर्न नपाएर चुलो बाल्न धौ धौ भएको घर परिवारलाई राहत वितरण गरिएको थियो ।

आफ्नो गाउँको मानिसहरुलाई केहि हदसम्म पनि सहयोग होस् भनेर सहयोग गरिएको कतारबाट कुमारले बताए । त्यस्तै सहयोग गर्न पाउँदा खुशी लागेको बुद्धिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार