चितवनका विभिन्न अस्पतालहरुमा विगत २४ घण्टामा कोरोना संक्रमणका कारणले सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार मृत्यु भएका सात संक्रमितमध्ये चार जना चितवन जिल्लाका र तीन जना अन्य जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा २ जना, पुरानो मेडिकल कलेजमा २ जना र अन्य अस्पतालमा १ जनाको कोरोना संक्रमणको कारणले मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चितवनका विभिन्न अस्पतालको आईसीयू ८७ जना, भेन्टिलेटरमा २७ जना, एचडीयूमा ३३ जना र सामान्य बेडमा ९७ जना गरी जम्मा २१७ जना कोरोना संक्रमित बिरामीले चितवनको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । त्यसैगरी बिगत २४ घण्टामा विभिन्न अस्पतालबाट २२ जना बिरामी डिस्चार्ज भएका छन् ।

त्यस्तै चितवनमा थप १२८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ८६ जना, खैरहनीमा ६ जना, माडीमा १० जना, रत्ननगरमा १६ जना, राप्तीमा ४ जना, कालिकामा ५ जना र इच्छाकामनामा १ जना रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २५३ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार १२५ जना, अस्पतालको आइसोलेसनमा ९० जना र सार्वजनिक आइसोलेसनमा ३८ जना रहेका छन् । आजसम्म चितवनमा २६९ जनाको कोरोना संक्रमणको कारणले निधन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार